भीषण आगलागी हुँदा १४ जनाको मृत्यु

 माघ १८, २०७९

भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ ।

भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया