तुलसीपुर – ११ नम्बर वडा : गर्भवतीको घरमै पुगेर स्वास्थ्य जाँच

 माघ २९, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको उरहरी श्वास्थ्य चौकि बेलटाकुराले अब गर्भवतिको चेकजाच घरमै पुगेर गर्ने भएको छ । ९ महिना पुगेका गर्भवतिको श्वास्थ्यकर्मिको टोलि घरमा पुगेर चेकजाच गर्ने भएको हो । अन्तीम पटकको चाज गर्न श्वास्थ्य संस्था सम्म पुग्न असहज हुने भएकोले सहजताको लागि यो कदम चालिएको वडाध्यक्ष तथा श्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर रावतले जानकारी दिए । गर्भवतिले अन्तिम पटकको गर्भजाच नगराउदा अनाहमा दु:ख पाउने गरेको हुदा ब्यवस्थापन समितिको आजको बैठकले यस्तो निर्णय गरेको रावतले बताए । बच्चा र आमाको श्वास्थ्यलाई मध्यनजर गरि वडाबाट यसको सुरुवात गरिएको हो ।

अव अन्तीम पटकको चेकजाच गर्न श्वास्थ्यकर्मिको टोली हरेक गर्भवतीको घर घरमा पुग्ने छन । वडा कार्र्यालयले यसका लागि आगामि बर्षदेखि बजेट समेत विनियोजन गर्ने छ । वडामा एक बर्षमा सुत्केरी हुने महिलाको संख्या १ सय ८० को हाराहारीमा रहेको श्वास्थ्य चौकिका ईन्न्चार्ज चित्र बहाादुर वलीले बताएका छन । यसका साथै श्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि बर्थिङ सेण्टरलाई ब्यवस्थित गर्न समेत वडा कार्यालय लागि परेको छ । वडा कार्यालय तथा विभिन्न निकायको पहलमा ब्यवस्थित बेड निर्माण गरिने भएको छ ।

विभिन्न जनमुखी कार्य गर्दै आएको वडाले यसअघि निःशुल्क निवेदन तथा फोटोकपी, कुखुरा ब्यवसायी र घोडा ब्यवसायलाई प्रोत्साहनको लागि अनुदान वितरण गरिसकेको छ । यसैगरी बेरोजगारको लागि जग्गा लिजमा लिई श्रममा जोड्ने र भैसी फर्मको लागि अुनदानको कार्यक्रम समेत अघि सारेको छ ।

तपाईंको प्रतिक्रिया