तुलसीपुर -१३ नम्बर वडाद्वारा  २० घरमा खानेपानीकाे मिटर वितरण

 फागुन ०२, २०७९

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले गरिव तथा अतिबिपन्न घरमा खानेपानिकाे मिटर वितरण गरेकाे छ । वडाले खानेपानी जाेड्न नसकेका २० घरपरिवारलाई मिटर वितरण गरेकाे हाे । मिटर पाए सङै उनिहरु ढकना खानेपानि तथा सरसफाई संस्थाबाट धारा जडान गर्नेछन ।

‘घरमा खानेपानी आईपुग्दा समेत जाेड्न समस्या थियाे,वडाले मिटर दिएर राहतकाे महशुस भएकाे छ’ ढकना निवासि आनन्द नेपालीले बताए । उनी जस्तै मिटर पाएका २० जनाले वडा सरकारले शुद्व खानेपानीकाे पहुचमा ल्याउन गरेकाे प्रयासकाे प्रशंसा गरेका छन ।

यता, वडाबासिकाे समस्यालाई मध्यनजर गरि मिटर वितरण गरिएकाे वडाध्यक्ष माेहनलाल पाैडेलले जानकारी दिए । गरिब तथा विपन्न समुदायकाे लागि मिटर वितरण गरिएकाे वडाध्यक्ष पाैडेलले बताए । छनाैटमा परेका सबैलाई मिटर वितरण गरिने उनले बताए ।

तपाईंको प्रतिक्रिया