घोराही–तुलसीपुर चार लेन सडक ठेक्का रद्द गर्ने प्रक्रियामा

 फागुन २४, २०७९

तुलसीपुर । दाङको घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन परियोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी गरेको हो ।

ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो । परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि त्यो अवधिमा सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने सूचनामा उल्लेख छ ।

चार लेन ठेक्काको पटक–पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । त्यो अवधि विसं २०८० असारसम्म थियो । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो । चार लेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ । उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो ।

तपाईंको प्रतिक्रिया