महिला अधिकार कार्यान्वयनमा जुटाैं: नगर प्रमुख

 फागुन २४, २०७९

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका  छन्।

बुधबार  एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणमा महिलाको भुमिका महत्त्वपूर्ण रहेकाे समेत बताएका छन ।

महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका प्रयास तथा प्राप्त उपलव्धि कार्यान्वयनमा चुनाैति भएतापनि साकार पार्न सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ। साथै  अन्तर्राष्ट्रिय नारी दिवसले थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्दै  शुभकामना ब्यक्त गरेका छन ।

तपाईंको प्रतिक्रिया