घाेराहीमा जवरजस्ती करणी गर्ने तीन पुरुष पक्राउ

तुलसीपुर । दाङकाे घाेराहीमा जवरजस्ति करणी गरेकाे आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १७ बस्ने बर्ष ३० का निर्मल चाैधरी र बर्ष २३ का मनाेज चाैधरी रहेका छन ।

उनिहरुले साेहि वडाकाे बेलभारमा श्रीमानलाई कुटपिट गरि श्रीमती माथि सामुहिक रुपमा करणी गरेका थिए । श्रीमानकाे खुट्टाको उपचार गर्ने क्रममा पैसा सकिएपछि उनिहरु माग्दै खादै हिड्ने क्रममा रातपरेपछि गजु चाैधरीकाे घर आगनमा सुतेका थिए । फागुन २६ गते राति करणी भएको र २७ गते उनिहरु पक्राउ परेकाे दाङ प्रहरीले जनाएको छ । दुवैलाई मुद्दा दर्ता गरि अनुसन्धान अघि बढेको छ ।
यस्तै, ४ बर्षिय नावालिका जवरजस्ति करणी गरेकाे आराेपमा घाेराही १८ बस्ने ३४ वर्षिय विराज लम्साल पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बालिका करणी गरेको आरोपमा लम्साललाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । बंगलाचुली गाउँपालिका ८ स्थित लेवर काम गर्दै आएकि महिलाकाे ४ बर्षिय छेारिलाई साेहि स्थानमा काम गर्ने लम्सालले करणी गरेका थिए ।
उनले ललाई फकाएर नजिकैकाे खरवारिमा लिई करणी गरेर बेहाेस अवस्थामा छाेडेर भागेका थिए ।
तपाईंको प्रतिक्रिया