सुर्खेतमा घाँटी रेटिएकाे अवस्थामा एक युवाको शव फेला

 फागुन ३०, २०७९

सुर्खेत । सुर्खेतमा एक युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा एक युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार अपराह्न ४ः३० बजेतिर ती युवाको शव भेटिएको हो। उनको परिचय खुल्न सकेको छैन। मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ।

तपाईंको प्रतिक्रिया