सन्दर्भ २१ मार्च : ‘बिभेद’

 चैत ०७, २०७९

आरणको कालो कोईला संगै धमिलिएको छ मेरो कथा ।
सारंगीको तारहरु रेट्दै गर्दा ठेला परेर मेटिएको छ मेरो भाग्य रेखा ।।

कयौ इतिहास र युद्धहरुमा विजय प्राप्त गरी गौरब बढाएका मेरा तरवार र भाला ।
तर आज आफ्नै इतिहासलाई सजाउने त्यहि बिरलाई अछुत भनि घृणा गर्दछ किन ? जगत सारा ।।

मेरै कला गला र सिपले बनेको यो शुन्दर देश नेपाल ।
तर आज म आफ्नै समाजमा बाचिरहेको छु घृणा र अपमान सहेर ।।

मैले बनाएको मन्दिर मैले सजाएको शंख घण्ट पुजिन्छ मानेर पबित्र ।
तर तिमिले बनाएको नियममा म भए कसरी अपबित्र ।।

खै म कस्तो समाजमा जन्मिएछु । सधै अनागरिकको दर्जामा पिल्सीरहेको छु ।
माया प्रेम गर्दा पनि मर्नु पर्ने कस्तो कु–संस्कारको सिकार भएछु ।।

मैले के नै मागेको छु र तिमी संग नत तिम्रो सम्पति नत तिम्रो अधिकार ।
किन मान्दै छौ यति गाह्रो दिन मलाई समानताको ब्यबहार ।।

नत मेरो लागि कानून बोल्छ नत छ मेरो तिम्रो जस्तो अधिकार ।
सधै भरि दलितलाई मात्र किन गर्दछौ घृणा अनि तिरस्कार ।।

नत मैले बिरोध गरे नत कहिल्यै बन्द ।
कस्ले पो सुनिदिन्छ यहाँ रोदन र बेदनाले भरिएकाको कारुनीक शब्द ।।

मौलाउदै गयो तिम्रो ज्यादती र अत्याचार कसले न्याँय ।
दिन्छ र यहाँ चुलो चौको छोयो भनि मारिएकालाई अधिकार ।।

नत म अछुत हु नत मेरो रगत नै छ कालो ।
अब हामीले फाल्नु पर्छ यो सामाजिक विषमताले रनथनिएको जालो ।।

मेरो पनि त मन छ दया मायाको भाब बुझ्ने,तिमि मात्र कहाँ हौ र ।
यो देशको रक्षा गर्ने ।।

त्यसैले त हामी भन्छौ, आउ मिलि हातेमालो गरौ ।
सृजनाले भरिएको यो देशलाई अझ शुन्दर बनाउ ।।

त्यसैले त हामी भन्छौ तिमि हामी मिल्नु पर्छ ।
बिभेदको पर्खाल हटाई सभ्य नागरिक बन्नु पर्छ ।।

तपाईंको प्रतिक्रिया