१० दलिय गठबन्धन देश र जनताको हितमा छैनः महासचिव पोख्रेल

 चैत ०९, २०७९

अरुण कुमार नेपाली, दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान दश दलिय गठबन्धन जनता र देशको हितका पक्षमा नभएको बताएका छन् । प्रेस चौतारी दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले अहिलेको सत्ता समिकरण देश र जनता दुवैको हितका पक्षमा नभएको बताएका हुन।

‘अहिलेको सत्ता समिकरण देश र जनताको हितका पक्षमा छैन भन्ने कुराको महशुस स्वंयम आफै जनताले गरेका छन्,’महासचिव पोख्रेलले भने,नेपालको अर्थ व्यवस्थाले समेत पनि दश दलिय गठबन्धनलाई रुचाएको देखिदैन,रुचाएको देखिन्थ्यो भने स्वभाविक रुपमा अर्थतन्त्रमा निराशाका बादलहरु देखिदैन थिए भन्ने म ठान्दछु।’

महासचिव पोख्रेलले दश राजनितिक दल एक ठाउँमा उभिने कुरालाई नेकपा एमालेले आफ्नो भविष्यलाई उज्यालो भविष्यको सम्भावनाको रुपमा लिएको बताए । उनले भने,अहिले जुन दश दलिय समिकरणले पुष्पकमल दाहाल प्रचण्डकोे नेतृत्वमा सरकार सञ्चालन गर्ने कुरा भइरहेको छ,त्यस सरकारले दिने परिणाम पछाडि स्वभाविक विकल्पका रुपमा नेकपा एमाले राष्ट्रिय राजनितिका स्थापित हुनेछ।’

दश दलिय गठबन्धनले देश र जनताको पक्षमा काम गरेमा नेकपा एमालेले सहयोग गर्ने बताउदै महासचिव पोख्रेलले उनीहरुले जनविरोधी,राष्ट्र विरोधि र वैदेशिक शक्ति केन्द्रको स्वार्थमा काम गर्न थाले भने त्यसको प्रतिवाद गर्ने बताए । देशको स्वाधिनता,स्वाभिमानको पक्षमा काम गर्दा नेकपा एमाले माथि वाह्य शक्तिहरुबाट घेराबन्दी गर्ने खालका काम भएको पोख्रेलले बताए।विकास र समृद्धिको नेतृत्वको सवालमा,समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानका विरुद्धमा नेकपा एमाले माथि पाँच दलिय गठबन्धन बनाएर वाह्य शक्तिले घेरा बन्दी गरेको महासचिव पोख्रेलले बताए।

अहिले नेपालका सामु तीन प्रकारका विशेष चुनौती रहेको महासचिव पोख्रेलले बताए ।पहिलो चनौती भनेको राजनितिक अस्थिरता र अराजकता हो,महासचिव पोख्रेलले भने जसले हाम्रो राष्ट्र निर्माणमा गम्भीर समस्या खडा गरेको छ ।

तपाईंको प्रतिक्रिया