तुलसी ट्रेड टावरको शिलान्यास मुख्यमन्त्री गिरीले गर्ने

 चैत १३, २०७९

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी तुलसीपुर आउने भएका छन । तुलसीपुर उपमहानगरपालिकाद्वारा निर्माण हुन लागेको तुलसी ट्रेड टावरको शिलान्यास गर्न तुलसीपुर आउने सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले जानकारी दिए । उनका अनुसार शिलान्यास कार्यक्रम चैत २० गते विहान ८ बजे तय गरिएको छ ।

मुख्यमन्त्रि संग भेट गर्दै सामाजिक विकास समितिका संयोजक. नगर प्रमुखका स्वकिय सचिव गोकर्ण पौडेल लगायत /

साढे १४ करोडको लागतमा लिफ्ट सहित ७ तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य जारी छ । साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ ।

तपाईंको प्रतिक्रिया