पानीको संकट बढेपछि कोटा सिस्टम लागू

 चैत १९, २०७९

काठमाडौं । ट्युनिसियाले आगामी ६ महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ । अब पिउनका लागि समेत नापी नापीकन पानी पाइनेछ । साथै खेतबारीमा पानीको प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । यो नियम त्यहाँ आगामी सेप्टेम्बर ३० सम्म लागू हुनेछ ।ट्युनिसियाको कृषि मन्त्रालयका अधिकारी हमादी हबिबका अनुसार ट्युनिसियामा पछिल्लो समयमा पानी संकट बढेका कारण पिउने पानीमा समेत कोटा प्रणाली लागू गरिएको हो ।

सुख्खा खडेरीका कारण ट्युनिसियामा बाँधमा पानीको क्षमता १ सय करोड क्युबिक मिटरबाट घटेर केवल ३० प्रतिशत मात्रै बाँकी रहेको छ । गत वर्षको सेप्टेम्बर महिनादेखि ट्युनिसिया कडा खडेरीसँग जुधिरहेको छ । सुख्खा खडेरी र पानी अभावको अवस्थालाई मध्यनजर गर्दै ट्युनिसियाले खानेपानीको वितरण र प्रयोगमा कडा नियम अख्तियार गरेको हो ।

तपाईंको प्रतिक्रिया