मुख्यमन्त्री गिरीद्धारा ‘तुलसी ट्रेड टावर’ को शिलान्यास

 चैत २०, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाद्वारा निर्माण हुन लागेको तुलसी ट्रेड टावरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेका छन । आज विहान उक्त शिलान्यास कार्यक्रम भएको हो ।

साढे १४ करोडको लागतमा लिफ्ट सहित ७ तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य जारी छ । साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । त्यस अवसरमा नगर प्रमुख टिकाराम खड्का,निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया