दलित संग्रहालय अध्ययन टोलीलाई तुलसीपुरमा स्वागत

 बैशाख १५, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले दलित सांस्कृतिक संग्रहालय कोहलपुर अध्ययन भ्रमण टोलीलाई स्वागत गरेको छ ।बाँकेको कोहलपुर नगरपालिकामा स्थापना हुन लागेको संग्रहालयकाे भ्रमणको टाेलिलाई शुक्रवार स्वागत गरिएको हो ।

दलित सेवा संघ दाङका अध्यक्ष लिला विश्वकर्माको अध्यक्षता एवं उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा संग्राहलय स्थापना समितिका अध्यक्ष अमर बहादुर विश्वकर्माले रोल्पाको थवाङ,रुकुमको महत गाउँको युद्ध संग्रहालय,सल्यान र दाङको चखौरा र सुकौराकोटको भ्रमण गरेको जानकारी दिनुभयो ।

दलित समुदायको परम्परा सिप,कला,संस्कृति र सिर्जनालाई जगेर्ना,संरक्षण तथा सम्र्वद्धन गर्ने उद्देश्यका साथ दलित सांस्कृतिक संग्रहालय कोहलपुरमा स्थापना गर्न लागीएको जानकारी दिदै उहाले सोहि अनुरुप विभिन्न जिल्लामा भ्रमण अवलोकन गरेको जानकारी दिनुभयो ।आफुहरुको यो अवलोकनले थप टेवा पुग्ने उहाले बताउनुभयो । कोहलपुर नगरपालिका वडा नम्वर २ स्थित चार कठ्ठा जग्गामा संग्राहलय स्थापना गर्न लागीएको उहाले जानकारी दिनुभयो ।

भवन तिन तलाको निर्माण गर्ने योजना भएपनि हाल सम्म एक तलाको निर्माण सम्पन्न भएको उहाले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै उपमेयर स्यानी चौधरीले हरेक समुदायका परम्परागत सिप,कला र संस्कृतिलाई जगेर्ना गर्न आबश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले दलित,थारु,गरुङ,मगर लगाएतका जातजातीहरुको आ(आफनै कला,सिप र संस्कृति भएको र आफुले तुलसीपुरको सुकौराकोटमा सवै समुदायको संस्कृतिलाई समेट्नेगरी साझा म्युजियम स्थापना गर्ने योजना अघि बढाएको बताउनुभयो । साथै तुलसीपुर उपमहानगरपालिकाले भरखरै दलित शसक्तिकरण विधेयक २०७९ जारी गरेको र अब कार्यन्वयनको प्रक्रिया अघि बढेको उहाले बताउनुभयो ।

सामाजिक रुपान्तरणका लागी हाम्रो अभियान दाङका अध्यक्ष भिम विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, दलित सेवा संघका केन्द्रिय महासचिव कृष्ण विश्वकर्माले दलित समुदायको परम्परागत सिप,कला र संस्कृति लोप हुने अवस्था भएको भन्दै यसलाई संग्राहलय मार्फत संरक्षण गर्न आबश्यक रहेको बताउनु भयो ।

कला,संस्कृति ईतिहास संग जोडिएका विषय भएको हुदा यसलाई संरक्षण गर्नु सवैको दायीत्व भएको उनीहरुको भनाई थियो । उनीहरुले यो अभियानमा साथ र सहयोग गर्न सवैमा आग्रह समेत गरेका छन् । कार्यक्रमको सहजीकरण दलित सेवा संघ दाङका कार्यक्रम अधिकृत छवि परियारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया