हलवार खानेपानीको अध्यक्ष र सचिब बाहेक सबै पदमा सर्बसम्मत

 बैशाख ३१, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष र सचिब पद बाहेक अन्य पदाधिकारी सर्बसम्मत निर्बाचित भएका छन । समितिको शनिबार बनहरिमा सम्पन्न भएको पन्ध्रौँ साधारणसभाले अध्यक्ष र सचिब बाहेक अन्य पदाधिकारी निर्बिरोध निर्बाचित गरेको छ ।

निर्वाचन समितीका संयोजक फनेन्द्र भट्टराईले दिएको जानकारि अनुसार अध्यक्ष र सचिब पदमा सहमति हुन नसकेपछि अध्यक्ष पदमा ४ जना र सचिव पदमा २ जनाले को उम्मेद्वारी दिएका छन । जसमा अध्यक्षमा रगविर घर्ति,प्रभात थापा,पबनि देवकोटा र प्रकाश आचार्यको उमेदवारी परेको छ । अध्यक्ष पदमा उमेद्वारी दिनुभएका आचार्य निवर्तमान उपाध्यक्ष हुनुहुन्छ भने थापा निवर्तमान सचिव हुनुहुन्छ । यस्तै सचिवमा चन्द व के।सी र ओमकान्त रिजालको उमेदवारी परेको छ । तर उनिहरु बिच सहमतिको प्रयास भैरहेको छ ।

सम्भबत आईतबार थप सम्बाद गरि टुङ्गो लगाउने तयारि भएको छ । दुई पदमा सहमति हुन बाकि भएपनि उपाध्यक्ष,कोषाध्यक्ष र सदस्यहरुमा सर्बसम्मत चयन गरिएको छ । जसमा समितिको उपाध्यक्षमा यमलाल पार्धे र कोषाध्यक्षमा शोभा खनाल निर्बिरोध निर्बाचित भएको भट्टराईले जानकारि दिनुभएको छ ।

यस्तै सदस्यहरुमा गोविन्दराज भण्डारी, यमप्रसाद लामीछाने, हरी बहादुर खड्का, चेत प्रसाद खनाल, टुक प्रसाद पोखरेल, चुर्ण बहादुर नेपाली, माया चौधरी, मनकुमारी विक, तर्ताल देवकोटा,हरिलाल बुढाथोकी र देविराम भण्डारी चयन हुनुभएको छ । समितिको १५ सदस्यीय कार्यसमिति रहने ब्यबस्था रहेको छ ।

तपाईंको प्रतिक्रिया