डिजेल र मट्टितेल प्रतिलिटर १० रूपैयाले घट्यो

 जेठ ०२, २०८०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रूपैयाँ घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ।

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रूपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रूपैयाँ थियो।

तपाईंको प्रतिक्रिया