अबको ३ दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ । अबको ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज दिउँसो पश्चिम नेपालबाट पश्चिमी वायु प्रवेश गर्न लागेको र स्थानीय वायुको पनि प्रभाव रहेकाले अबको ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना तर लगातारको झरी भने नपर्ने मौसमविद् गोविन्द झाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आजलाई विशेषगरी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा पानी पर्नेछ भने कोसी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
तपाईंको प्रतिक्रिया