रुकुम दुलिमा जिप दुर्घटना, १० भन्दा बढि घाइते

 जेठ ११, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुदा १० जना भन्दा बढि घाइते भएका छन । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभएको छ । उहाका अनुसार सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट तर्फ जादै गरेको लु १ ज १७४७ नम्बरको जीप वाफिकोट गाउँपालिका ८ दुलि भन्ने स्थानमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका हरुको उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाकी रहको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया