माओवादी बिग्रनुमा उपाध्यक्ष महरा यसाे भन्छन्

 जेठ १३, २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

यद्यपि पार्टी  केही बिग्रिएको हुदा जिम्मेवारी हामी सबैले लिनुपर्ने उनले बताएका छन ।  पार्टी बिग्रनुमा प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु रहेको उनकाे भनाइ छ ।

तपाईंको प्रतिक्रिया