क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै १ कराेड ६३ लाख झ्वाम

 जेठ २५, २०८०

तुलसीपुर । क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै तुलसीपुरका एक व्यक्तिले करोडौं रुपैयाँ लिएर फरार भएका छन । तुलसीपुर–७ निवासी अंकित अधिकारीले २१ बढी युवाहरुबाट एक करोड ६३ लाख रुपैयाँ लिएर फरार भएकाे पिडितहरुले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

पिडितहरुले २७ लाख सम्म बुझाएका छन । पहिलो फ्लाइट तपाइँहरुको हो भनेर हामी आठजनालाई बोलाएका थिए । हामी आठजनाले २० देखि २७ लाखसम्म बुझाएका छौं । अहिले उनी सम्पर्कबिहीन हुदा ठगिएको महसुस भयो – गङ्गा बहादुर डागिले बताए ।

काठमाडौंमा अधिकारी सम्पर्कबिहीन भएपछि अधिकारीकी पत्नीले दाङ जाउँ सबै हिसाब उतै मिलाउँला भनेकोले आफूहरु दाङ आएको तुलसीपुर–२ का डाँगीले बताए ।

उनिहरुले प्रहरी प्रशासनबाट फरार अधिकारी लाई पक्राउ गरि न्यायकाे माग समे गरेका छन ।

तपाईंको प्रतिक्रिया