कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

 जेठ २५, २०८०

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै पारित भएको हो । नीति तथा कार्यक्रम प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम पारित भएको हो । जेठ २१ गते कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइएको थियो।

एमालेले तीन वटा संशोधन समेत हालेका थियो । प्रमुख प्रतिपक्षी दल एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए । यद्यपि उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यको बहुमतबाट अस्वीकृत भयो ।मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम कुनै राजनीतिक दस्ताबेज नभएर कर्णालीका जनताको सपना भएको बताए ।

तपाईंको प्रतिक्रिया