किरिया खर्च स्वरुप एमालेको सहयोग

तुलसीपुर । नेकपा एमाले तुलसीपुर ४ ले एक परिवारलाई पाँच हजार रुपैया आर्थिक सहयोग गरेको छ । एमालेका संगठित सदस्य तुलसीपुर ४ बोदाघारी निवासी जुठे नेपालीको निधन भएपछि घरपरिवारलाई किरिया खर्चका लागी पाँच हजार आर्थिक सहयोग गरेको वडा ईन्चार्ज बालकृष्ण राना (धुव्र) ले जानकारी दिनुभयो ।
संगठित सदस्य नेपालीको निधन भएपछि उहाको घरमा आर्थिक समस्या भएकोले वडा कमिटिको अघुवाईमा नेता तथा कार्यकर्ताहरुबाट स्वच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी घरपरिवारलाई हस्तान्तरण गरेको उहाले जानकारी दिनुभयो । वडा कमिटिका अध्यक्ष घन बहादुर पुनको नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको थियो । उक्त रकम विहिवार घरमा पुगेर हस्तान्तरण गरिएको उहाले बताउनुभयो । लामो समय देखी नेकपा एमालेको संगठित सदस्य नेपालीको यहि भदौ ३ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।
तपाईंको प्रतिक्रिया