एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सकियो

 चैत ०१, २०८०

तुलसीपुर । नेकपा एमाले तुलसीपुर नगर कमिटिको आयोजनामा सञ्चालन भएको दुईदिने प्रशिक्षण कार्यक्रम समापन भएको छ । पार्टी प्रशिक्षणमा प्रशिक्षार्थीको रुपमा पार्टी नगर कमिटी पदाधिकारी तथा सदस्य ,वडा कमिटी अध्यक्ष र सचिव निर्वाचित मेयर,उपमेयर वडाअध्यक्ष,कार्यपालिका सदस्य तथा वडा सदस्य हरु लगायत झण्डै २ सय जनाकोे सहभागिता रहेको थियो ।

नगर कमिटिका अध्यक्ष माधव वलीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा समापन भएको हो । समापन अवसरमा बोल्दै प्रमुख अतिथी ज्ञवालीले तालिममा सिकेका कुराहरु समाज तथा पार्टि संगठनमा लागु गर्नुपर्ने बताएका थिए ।

आज दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा सामाजिक रुपान्तरण र माक्सर्वादका बारेमा उपाध्यक्ष युवराज ज्ञवाली,जनप्रतिनिधि र पार्टि विचको सम्बन्धका बारेमा केन्द्रीय सदस्य घनश्याम पाण्डे,समृद्ध तुलसीपुर हिजो, आज र भोलीको सन्दर्भमा नगर प्रमुख टिकाराम खड्का,राजनितिक दलहरुको तुलनात्मक अध्ययनका बारेमा विकिरण गौतम, जिल्लाको कम्युनिष्ट ईतिहास बारेमा जिल्ला सचिव मनोहर बुढाथोकी र लेनिनवादी संगठन सञ्चालनबारेमा पार्टि स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए ।  आजको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुले पार्टिले बेला बखत यस्ता कार्यक्रम आयोजना गरि पार्टिलाई थप सुदृढ बन्न मद्दत पुग्ने विश्वास ब्यक्त गरेका थिए । तालिममा सहभागिलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव रुप बहादुर खत्रिले गरेका थिए ।

तपाईंको प्रतिक्रिया