तुलसीपुरमा खुल्ला रक्तदान, ४६ जनाले गरे रक्तदान

 चैत ०३, २०८०

निरला अर्याल, दाङ, । रगत मानव जीवनको लागि अत्याबश्यक छ । रगत अभाव हुन नदिन युवा युवती हरु दाङमा स्व–इच्छाले रगत दान गरिरहेका छन् । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो ।

नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन लगायतका कारणले रगतको माग आकाशिएको छ । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् ।

यही समस्यालाई समाधान गर्न एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङको आयोजना र ग्लोबल ओरिन्श नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर प्रबन्धक तथा रक्तदाता एच.आर मगरले बताउनु भएको हो । यस्तै खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताउनु भयो  |

रगत व्यवस्थापनका लागि गाउँपालिका बाटर १ लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन युवा साथीहरुले गरेको कार्यको प्रशंसा गर्नु भयो ।  रगतको अभाव ले विभिन्न प्रकोप, धेरै गर्भावती तथा सुत्केरी हरुको अकालमा मृत्यु भएको खबर सुनेको हुनाले आफूलाई रगत दान गर्न इच्छा भएको ग्लोबल ओरेनसका अस्मिता चौधरीले बताउनु भयो ।

खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । १३ जना महिला र ३३ जना पुरुष रहेका थिए । रगत दान गर्नेमा
शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहनु भयको थियो । स्वागत  ग्लोबल ओरेन्सका मनोज चौधरी ले गर्नु भएको थियो भने सहजीकरण शान्तराज सेन्चुरीले गर्नु भयको थियो ।

तपाईंको प्रतिक्रिया