एमाले तुलसीपुर – ४ को श्रद्धाञ्जली सभा

 चैत ०३, २०८०

तुलसीपुर । नेकपा एमाले तुलसीपुर ४ नम्बर वडा कमिटीको आयोजनामा आज शनिबार घोरनेटिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वडा कमिटीले पाटी सङ्गठित सदस्य तथा अखिल महिला संघ तुलसीपुर ४ नम्बर वडा कमिटीका सचिब माया सुबेदिको सासुआमा तुलसीपुर ४ घोरनेटी निबासी चन्द्रावती सुवेदीको निधन भएको १३ औं दिनको पुन्यतिथिको अबसरमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको थियो ।

वडा कमिटी अध्यक्ष घन बहादुर पुनको अध्यक्षता एबम नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य सम्भु गौतमको प्रमुख आतिथ्यता तथा केन्द्रिय सल्लाहकार परिषद सदस्य रुद्रमनि सुवेदी र तुलसीपुर नगर कमिटी सचिब रुप बहादुर खत्रीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले स्वर्गीय चन्द्रावती सुवेदी प्रती श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेना प्रकट गरेका थिए । मानीस जन्मपछी मृत्यु अनिवार्य भएको भन्दै शोकलाई शक्तिमा बदल्न सक्नुपर्ने उनिहरुले बताएका थिए । सो अबसरमा परिवारको तर्फबाट केन्द्रिय सल्लाहकार परिषद सदस्य रुद्रमनि सुवेदीले पारिवारिक चर्चा गर्दै पाटी पङ्क्तिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लक्ष्मण बिश्वकर्माले गर्नु भएको थियो ।

स्वर्गीय चन्द्रावतिको गत फागुन २१ गते ७५ बर्षको उमेरमा निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया