जिप दुर्घटनामा परी दुई जनाको मृत्यु

 चैत १०, २०८०

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-४ मा शनिबार भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

घाइते हुनेमा वडा नम्बर-५ काठे बस्ने १६ वर्षीय खगेन्द्र टमटा, ६० वर्षीय तुला टमटा, बारीगाउँ बस्ने ४५ वर्षीय दल बोहरा र ४५ वर्षका रामबहादुर ऐडी रहेका छन्। उनीहरूलाई थप उपचारका लागि बाजुरा पठाइएको बताइएको छ।

प्रहरीका अनुसार चालक २५ वर्षीय जनक ठगुन्ना र २५ वर्षीय धनबहादुर महराको अवस्था गम्भीर छ। शनिबार अदानचुलीको श्रीनगरबाट वडा नम्बर-५, को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप बेलुका करिब चार बजेतिर दुर्घटनामा परेको सूचना अधिकारी चन्दले जानकारी दिए। जीप सडकभन्दा केही तल खसेको छ।
File Photo

तपाईंको प्रतिक्रिया