दुर्गा प्रसाईंका बडिगार्डलाई छाड्न आदेश

 चैत १३, २०८०

काठमाडौँ ।  सर्वोच्च अदालतले मेडिकल व्यवासायी दुर्गा प्रसाईंका बडिगार्डलाई छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका दुई जना निजी सुरक्षा गार्डलाई रिहा गर्न आदेश दिएको हो।

प्रसाईंको सुरक्षामा खटिएका दीपक खड्का र रामकुमार धिताललाई प्रहरीले चैत ५ गते सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गर्न खोज्दा पक्राउ गरेको थियो । उनीहरु दुई जनाको तर्फबाट सर्वोच्चमा परेको बन्दीप्रत्येक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासले खड्का र धिताललाई थुनामा राख्नु गैरकानुनी हुने ठहर गरेको हो। सर्वोच्चले उनीहरुलाई आजै छाड्न भनेको छ।

तपाईंको प्रतिक्रिया