रोल्पामा एक युवकको शव फेला

 चैत ०४, २०८१

तुलसीपुर  । रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका ९ हाङबाङस्थित सालघारी सामुदायिक वनमा रोल्पा नगरपालिका ९ घर भएका २३ वर्षीय उमेश बुढामगरको शव फेला परेको हो ।

उमेशको आमा बुवा नभएको र हाल नेपालगन्जमा हजुर बुवासँग बस्दै आएको प्रहरीले जनाएको छ । उनी १०-१२ दिन अगाडी नेपालगन्जबाट मामा घरमा भेटघाटका लागि रोल्पा आएका थिए ।

मामा घरमा आएर हजुर आमासँग बसेका उमेश चैत्र १ गते रोल्पाको सदरमुकाम लिबाङमा सञ्चालन भएको महोत्सवमा पुगेका थिए । त्यसपछि आफन्तको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक रोहितकुमार शाहीले जानाकरी दिनुभयो ।

तपाईंको प्रतिक्रिया