दाङमा ब्राउन सुगरसहित एकजना पक्राउ

 चैत ०८, २०८१

तुलसीपुर ।  दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका–६ गंदीखोलाका २८ बर्षीय दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराही–१७ कटुवा खोला नजिकै लागुऔषधको बारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो साढे १ बजेको समयमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका पनुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया