घोराही – ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली

 चैत १०, २०८१

घोराही । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिन लगायतका सामग्री जलेर नस्ट भएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद लम्सालले जानकारि दिनुभयो ।
मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।

तपाईंको प्रतिक्रिया