बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट गर्ने विरुद्ध उजूरी दर्ता

 चैत १३, २०८१

तुलसीपुर । घोराही उपमहानगरपालिका- १० निवासी २६ वर्षीया शिला चौधरीमाथि घोराही ११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही महिलाहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । यसरी कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा आएको छ । कागजी मिलापत्र गरेर पठाएपछि अहिले महिला अधिकारकर्मीहरुको पहलमा प्रहरी कार्यालयमा उजूरी दर्ता गरिएको छ।

अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिनका लागि प्रहरी कार्यालयमा पहल गरिएको र हाल पीडकलाई कारबाहीको माग गर्दै अभद्र व्यवहारमा उजूरी दर्ता गरिएको जानकारी दिइन् । पीडित शिलालाई गोपालले साँझ आफ्नो घरमा बोलाएको बेला उनकी श्रीमतीसमेत विभिन्न व्यक्तिहरुले घरभित्र कुटपिट गरी लछारपछार गरेका थिए । फेरि बाहिर बिजुलीको पोलमा ल्याइ डोरीले बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेको भिडियोमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा राखिएको छ । यसबारे थप विवरण खुलाएको छैन ।

तपाईंको प्रतिक्रिया