धर्मगुरू पुस्कर खतिवडा पक्राउ

काठमाडौं । ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कार खतिवडा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ ।
रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ । उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।
तपाईंको प्रतिक्रिया