अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरेको छ । अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा कार्यालयमा एक कार्यक्रमका विच बाख्राका पाठा पाठी वितरण गरिएको हो । वडामा रहेका सामाजिक सुरक्षा भक्ता नलिने ग र घ बर्गको अपाङ्ग परीचय पत्र भएका १४ जनालाई पाठा पाठी वितरण गरिएको हो । आय आर्जनमा मद्दत पुगोस भनि बाख्रा वितरण गरिएको वडाध्यक्ष मान बहादुर रावतले बताए । अपाङ्गता भएका ब्यक्तिको सम्मान सगैं आयआर्जनमा सहयोग मिलोस भन्ने अभिप्रायले बाख्रा वितरण गरिएको वडाध्यक्ष रावतले बताए ।
बाख्रा पाठी पाएसगैं जेष्ठ नागरीक लक्षुमण भण्डारीले खुसी ब्यक्त गरे । उनले वडा सरकारले गरेको यो कार्यले अपाङ्गता भएकालाई थप हौसला मिल्ने बताएका थिए । वडाले यसपटक छुटेकालाई आगामी दिनमा वितरण गर्ने जनाएको छ । त्यस अवसरमा वडा सदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रचा परियार,कमला चौधरी,वडा सचिव राजु देवकोटा लगायतको सहभागिता रहेको थियो ।
यसैविच केहि दिन अघि वडाको हस्नापुर निवासी बाटुली चौधरीको घरमा आगलागिबाट विद्युत तारमा क्षती भएको हुदा राहत स्वरुप ६० मिटर तार उपलव्ध गराईएको छ । वडाले आज चौधरीलाई तार हस्तान्तरण गरेको हो ।
तपाईंको प्रतिक्रिया