सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
तपाईंको प्रतिक्रिया