फोनिज लुम्बिनीको अध्यक्षमा राम्जा

दाङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको छ । राप्ती गाउँपालिका देउखुरी दाङमा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले प्रेम बहादुर राम्जा मगर (दाङ)को नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा जेबि दर्लामी मगर (अर्घाखाँची), महिला उपाध्यक्षमा बन्दना घर्ती मगर (रोल्पा), महासचिवमा सोनु थापा मगर (रुपन्देही), संस्थागत सचिबमा सुशील श्रेष्ठ (सुजल–प्युठान), कोषाध्यक्षमा भगतराम थारु (बाँके) चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शिव घर्ती मगर (दाङ), दिल बहादुर गाहा मगर (पाल्पा), दिपक कुमाल (दाङ), निर्मल थापा (रुपन्देही), पुरन राकस (गुल्मि), छाया पुन मगर (रोल्पा) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै केन्द्रिय प्रतिनिधि निर्वाचित अध्यक्ष पदेन रहेने गरि निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङ, महासचिव प्रतिज्ञा मगर र हाल निर्वाचित महासचिव सोनु थापा मगर सहित चार जना चयन हुनुभएको छ ।
तपाईंको प्रतिक्रिया