रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा असईको मृत्यु

बाँके । बाँकेमा ट्याक्टरमा ठोक्किएर मोटरसाइकलमा सवार एक जना नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। बुधबार दिउँसो २ बजे जानकी गाउँपालिका-४ मानपुरस्थित नेपालगञ्ज गुलरिया सडकखण्डमा रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किँदा असई टोपबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय असई बस्नेत गम्भीर घाइते हुनुभएको हाे । बस्नेतलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्याइएको थियो। केही बेरमै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उहाँ कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दिया तर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहनुभएकाे थियाे ।
तपाईंको प्रतिक्रिया