चट्याङबाट दुई जनाको मृत्यु

 चैत २७, २०८१

तुलसीपुर  ।   चट्याङ लागर दुइ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० कुटिवाङ घर भइ हाल सुलिनस्मृति गाउँपालिका वडा नंम्बर ५ क्वालिगाउँ स्थित आफन्ती सँग गोठ गएको बेला अन्दाजी बर्ष १५ की बालिकाको चट्याङ लागी मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौर र जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी टोलि खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै, अर्घाखाँची भुमिकास्थान नगरपालिका १० लिसेपानी बस्ने वर्ष ७२ को एम बहादुर घर्तीको चट्याङ लागी मृत्यु भएको हो । आज घटनाबारे खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट धनचौर अर्घाखाँचीबाट प्रहरी टोली खटिगई घाईतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क तर्फ पठाईएको थियो । जिल्ला अस्पताल अर्घाखाँचीमा डाक्टरले दिउसो उनलाई बजे मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

तपाईंको प्रतिक्रिया