तुलसीपुरमा ‘मेयर कोसेली’ मार्फत जेष्ठ नागरिकलाई मह

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मेयर कोसेली कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकलाई मह वितरण गर्न सुरु गरेको छ । जेष्ठ नागरीकलाई पौष्टिकको लागि मह प्रदान गरिएको नगर प्रमुख टिकाराम खड्काले बताएका छन । स्थानिय स्तरमा उत्पादित महको प्रबद्र्धन सगैं ६० बर्ष माथिका विपन्न जेष्ठ नागरीकको सम्मानमा मेयर कोसेली कार्यक्रम अघि सारीएको नगर प्रमुख खड्काले बताए ।
उपमहानगरको १८ नम्बर वडाबाट सुरु गरिएकोमा नगरका झण्डै ५ सय जेष्ठनागरीकलाई मह वितरण गरिने महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन । उनका अनुसार आज वडा नम्बर १७, १९ र ७ का विपन्न जेष्ठ नागरीक एक किलो मह प्रदान गरिने छ ।
तपाईंको प्रतिक्रिया