जिम्मेवार तथा मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड

 चैत २९, २०८१

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले नया बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनौती थपिएको भन्दै ति चुनौतीको सामना गर्दै सशक्त पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सबै पत्रकारले दोष खेप्नु परेको जिम्मेवार र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकाका केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा,महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी,सुदिप गौतम,पूर्व अध्यक्ष केवी मसाल,प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी,प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महासंघका उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन पत्रकार महासंघ दाङमा सचिव जेएन सागरले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया