सात जना डीआईजीहरूको सरुवा,लुम्बिनीमा भट्ट आउने
काठमाडौं । गृह मन्त्रालयले सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ । आइतबार जारी भएको सूचनाअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा डीआईजी ईश्वर कार्कीको सरुवा भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी उमाप्रसाद चतुर्बेदी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा डीआईजी अरुण पौडेलको सरुवा भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी दिनेशकुमार आचार्यको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा डीआईजी राजेन्द्रप्रसाद भट्टको सरुवा भएको छ । डीआईजी डम्बरबहादुर बिकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र डीआईजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाजिम्पाटमा सरुवा भएको छ ।



तपाईंको प्रतिक्रिया