जातिय विभेद अन्त्यका लागी तुलसीपुरमा सरोकारवाला विच संवाद

तुलसीपुर । तुलसीपुरमा जातिय भेदभाव विरुद्ध दलित र गैरदलित समुदायका अगुवाबिचको संवाद कार्यक्रम भएको छ । कार्यक्रममा बोल्ने सहभागिले जातिय विभेद अन्त्यका लागि सबैले पहल थाल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जातिय विभेदमुक्त नगर घोषणा गर्ने तयारीमा रहेको बताएका थिए ।
नगरले दलितको उत्थान तथा विभेद अन्त्यका लागि दलित शसक्तिकरण ऐन लागु गरेको बताउँदै नगरप्रमुख खड्काले जातिय आधारमा दलित माथि हुने विभेद अन्त्य हुनुपर्ने बताएका थिए । नगर उपप्रमुख स्यानी चौधरीले नगरको समृद्धिका लागि विभेदमुक्त समाज निर्माणको अभियान थाल्नुपर्ने बताएकी थिईन । यस्तै सामाजिक विकास विकास समितिका संयोजक मानबहादुर रावतले सरोकारवालाको साथ र सहयोग भए मात्र नगरलाई जातिय विभेदमुक्त बनाउन सकिने बताएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालिबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले दलित समुदायमा गतवर्ष ७८ जोडीको विवाह भएको र ३७ जोडी २० वर्षमुनिका रहेको एक तथ्यांक प्रस्तुत गरेकि थिईन । कार्यक्रममा अधिवक्ता बिजय पोखरेलले कानुनी सचेतना दिँदै जातको आधारमा विभेद भएमा तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना अथवा दुवै हुने व्यवस्था रहेको बताएका थिए ।
कार्यक्रममा विधायन समितिका संयोजक भिम बहादुर योगी, तुलसीपुर–१ का अध्यक्ष हुमाकान्त सापकोटा, वडा नम्बर ४ का अध्यक्ष तुलसी थापा, वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगी , नेपाल राष्ट्रिय दलित समाजका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा लगायतले बोलेका थिए । उनिहरुले कुनैपनी जात, धर्म, लिंग, कामका आधारमा हुने विभेद अन्त्य नहुँदासम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताएका थिए ।
कार्यक्रमको सहजीकरण शाखा प्रमुख श्रेष्ठ र दलित अधिकारकर्मी निर्मल नेपालीले गरेका थिए । नगरलाई जातिय भेदभाव मुक्त घोषणाका लागि समाजका अगुवासंग संवाद कार्यक्रम गरिएको हो । आज तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सामाजिक अगुवासंग संवाद गरिएकोमा भोली १० देखि १९ नम्बर वडासम्मका प्रतिनिधिसंग संवाद गरिने छ ।
तपाईंको प्रतिक्रिया