जिर्ण अवस्थामा रहेको बेलटाकुरा कृष्ण मन्दीरको मुहार फेरीयो

 बैशाख २६, २०८२

तुलसीपुर । तुलसीपुर– ११ बेलटाकुरास्थित ऐतिहासिक राधाकृष्ण मन्दिर कुनै समय जीर्ण थियो । पुरानो कच्ची संरचनामा पानी समेत चुहिने समस्या थियाृ । जसले गर्दा एकातिर सौन्दर्य हराएको थियो भने अर्को तर्फ पुजा पाठ गर्नेको संख्यामा कमि आउन थालेको थियो ।
तर २०७९ को स्थानिय निर्वाचनमा अध्यक्ष मान बहादुर रावत नेतृत्वमा निर्वाचित जनप्रतिनिधि आए सगैं मन्दीर निर्माणको काम सुरु हुन थाल्यो । सुरुमा आर्थिक वर्ष २०७९/८० मा वडाबाट २ लाख रुपैयाँ बजेटबाट मन्दिरको पिलर र विम निर्माण भयो । २०८०/८१ मा थप २ लाख प्राप्त भई तारवार र ढलानको काम भयो ।

वडाध्यक्ष रावतले उपमहानगरको साझेदारीबाट बजेट ब्यवस्थापन गर्न सकिने सल्लाह दिए सगैं  स्थानिय अर्जुन बहादुर केसीको संयोजकत्वमा आर्थिक समिति बनाई सहयोग उठाउन अभियान थालियो । रकम संकलन भएसगैं उपमहानगरको नगर साझेदारी कार्यक्रम मार्फत वडाको लागि आएको बजेट वडाले थप ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा दाताहरुबाट थप ६ लाख रुपैया उठाएर मन्दीर निर्माणको काम सकियो । अहिले मुर्ति सगैं रंगरोगन लगायतका काम सकिएपछि चिटिक्क परेको छ ।

यसैबिच मन्दिरको बिहिबारका दिन मुर्ति स्थापना तथा शिलालेख अनावरण गरिएको छ । राधाकृष्ण मन्दिर धार्मिक व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार सेनको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत र महिला अधिकारकर्मी शुष्मा गिरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले राधाकृष्ण मन्दिरको पुनर्निर्माणबाट धार्मिक चेतनाको समेत पुनर्जागरण भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी वडा नम्बर ११ का वडाध्यक्ष रावतले स्थानियको चाहाना बमोजिम मन्दीर पुर्ननिर्माण कार्य भएको बताए । आफुले निर्वाचनको समयमा बोलेको बाचा आज आएर पुरा भएको उनले बताए । ‘मन्दीर जिर्ण छ, बाटो धुलाम्मे छ यहाका जनताले सधै भन्नुहुन्थ्यो,  आज सबै काम पुरा भएका छन’ उनले भने । ‘सडक कालोपत्रेको काम यहि आर्थिक बर्षमा सकिनेछ’ । उनले स्थानिय एकताको साथ अघि बढेमा विकास निर्माणले गती लिने समेत बताएका थिए ।

मन्दीर निर्माणका लागि आर्थिक समिति संयोजक अर्जुन बहादुरर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडासदस्यहरु प्रभा परियार,कमला चौधरी,उरहरी श्वास्थ्य चौकीका ईन्चार्ज चित्र बहादुर वली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार बसन्त परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया