प्रेस चौतारी नेपाल राजपुरको अध्यक्षमा अरुण नेपाली

 बैशाख २७, २०८२

तुलसीपुर। प्रेस चौतारी नेपाल राजपुर गाउँपालिकाको दोस्रो अधिवेशन आज राजपुरमा सम्पन्न भएको छ । प्रेस चौतारी राजपुर गाउँपालि कमिटिका संयोजक अरुण नेपालीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको प्रमुख वक्ताका रुपमा भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेत रहनु भएको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख वक्ता बस्नेतले सुचनाको हकबाट वञ्चित भएका नागरिकलाई सुचनाको पहुँचमा पु¥याउनका लागि प्रेस चौतारीले भूूमिका खेल्नुपर्ने बताउनु भयो ।

दुरदराजका वस्तीका नागरिकको समस्यालाई बाहिर ल्याउने कर्तव्य पत्रकारहरुको रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पु¥याउनका लागि पुलको काम गर्न र सही सुचना प्रदान गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

 

सो कार्यक्रमका प्रमुख अथिति आचार्यले स्थानिय स्तरमा भैरहेका समाजिक तथा विकास निर्माणका गतिविधिलाई संचार माध्यममार्फत जनता समक्ष पु¥याउनका लागि जनप्रतिनिधिलाई आग्रह गनुभएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस चौतारी लुम्बिनी प्रदेशका सचिव निता चौधरी, नेकपा एमाले राजपुरका सचिव अमरराज गिरी, मुक्ति समाज राजपुरका अध्यक्ष मोहनलाल विक, एमाले जिल्ला कमिटिका सदस्य गोविन्द विक, राजपुर गाउँपालिका वडा नंबर १ का वडा सदस्य भिम कुमारी सुनार लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैविच अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा अरुण कुमार नेपाली चयन हुनुभएको छ । उपाध्यक्षमा भिम कुमारी सुनार, सचिवमा कैलाश भण्डारी, कोषाध्यक्षमा राम अवतार यादव, सदस्यहरुमा राजन वली, अरुण चौधरी र गोमा अधिकारी रहनु भएको छ ।

 

तपाईंको प्रतिक्रिया