श्री गणेश सामुदायिक वन समुहको अध्यक्षमा भण्डारी विजयी

 कार्तिक ३०, २०८२

दाङ । तुलसिपुर ७ मा रहेकाे श्री गणेश सामुदायिक वनको  अध्यक्षमा डिल्लीराज भण्डारी निर्वाचित भएका छन । एमालेबाट उम्मेदवारी दिएका  उनि १८८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन । उनि यस अघि २ कार्यकाल पार्ककाे अध्यक्ष भएर काम गरेका थिए | 

  जम्मा ४५३ मत खसेकाेमा प्रतिस्पर्धी लाेकमणि पाेख्रेल १५५ र लिलाधर बिकले ७१ मत ल्याएकाे निर्वाचन समितिका सयाेजक लेबेन्द्र केसिले जानकारी दिए  | सचिवमा तुलसीराम भण्डारी १८८, कोषाध्यक्षमा प्रतिभा भण्डारी २४२ र सह-सचिवमा माधव गिरी २५६ मत ल्याइ निर्वाचित हुनुभएको छ । पार्क तर्फको अन्तिम मत परिणाम सार्वजनिक हुन भने बाँकी रहेको छ ।

तपाईंको प्रतिक्रिया