गणित शिक्षकका लागि ३ दिने अनलाइन तालिम

 जेठ २५, २०७७


शिव पुन, दाङ,२५ जेठ ।
गणित शिक्षा परिषद प्रदेश नं ५ को आयोजना ३ दिने अनलाइन तालिम हुने भएको छ। गणित शिक्षकहरुको शिक्षण सिकाइ क्षमता अभिवृद्धि गर्ने उद्देश्यले देशभरका शिक्षकहरुको लागि जेठ २६ देखि २८ गतेसम्म तालिम हुने लागेको छ ।

बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै देशभरका गणित शिक्षकहरुको पेशागत क्षमतालाई माझ्नको लागि तालिमको आयोजना गरिएको गणित शिक्षा परिषद प्रदेश नं ५ का अध्यक्ष लोकबहादुर बस्नेतले बताएका छन्। प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालको प्रमुख आतिथ्यतामा हुने ३ दिने तालिममा देशभरका गणित शिक्षकहरु सहभागी हुन सक्नेछन्।

गणित शिक्षा परिषदका केन्द्रिय अध्यक्ष प्राडा मदनमान श्रेष्ठको विशिष्ट आतिथ्यता रहने तालिममा जुम सफ्टवेयर मार्फत सहभागी हुन सम्पुर्ण शिक्षकहरुलाई परिषदका उपाध्यक्ष पर्शुराम चौधरीले अनुरोध गरेका छन् । पहिलो दिनको तालिममा परिषदका प्रदेश नं ५ का अध्यक्ष लोकबहादुर बस्नेतले गणित शैक्षिक सामग्रीहरुको प्रयोग र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछन् भने उक्त सेसनको समिक्षा त्रि।वि।का पुर्व उपकुलपति प्राडा हिराबहादुर महर्जनले गर्नेछन्।

त्यस्तै दोस्रो दिनको पहिलो सेसनमा परिषदका केन्द्रिय महासचिव रमेश प्रसाद अवस्थिले एकीकृत पाठ्यक्रमको बारेमा प्रशिक्षण दिनेछन् भने दोस्रो सेसनमा पतंनजली योग समिति प्रदेश नं ५ का प्रदेश प्रमुख प्रेम शाहले योगालाई शिक्षा र स्वास्थ संग कसरी जोड्न सकिन्छ भनेर सिकाउने र दोस्रो दिनको समिक्षा प्रा।उमानाथ पाण्डेले गर्ने सचिव विक्रम भन्डारीले जानकारी गराएका छन्।

त्यस्तै तालिमको अन्तिम दिन डा.जे.वी.प्रधानले गणित शिक्षकलाई पेशागत सीप र दक्षता अभिवृद्धिमा कार्यगत अनुसन्धान विधिको प्रयोग तथा महत्त्वको बारेमा र जितेन्द्र पाठकले ग्राफिक्स क्याल्कुलेटरको प्रयोग कसरी भन्ने विषयमा प्रशिक्षण दिनेछन् भने प्रा.डा.हरिप्रसाद उपाध्यायले सो सेसनको समिक्षा गर्नेछन्। उक्त तालिममा सहभागी हुने गणित शिक्षकहरुले zoom id: 82920080379 र Password:474217 प्रयोग गर्न सहभागी हुन सक्ने सह सचीव वीरेन्द्र चन्दले बताएका छन् ।

तपाईंको प्रतिक्रिया