बाढी-पहिरोका कारण ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

 कार्तिक ०३, २०७८

काठमाडौं । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सिंहदरबारमा बसेको बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले एकैघरमा एक जनाको मृत्यु भएको खण्डमा २ लाख र एक भन्दा धेरैको मृत्यु भएको भए थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको बताए ।

यस्तै घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्दारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।

तपाईंको प्रतिक्रिया