पठनसिप,श्रृतीलेखन गरि अमर माविले साक्षरता दिवस मनायो

 भदौ २३, २०७९

तुलसीपुर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस एवम राष्ट्रिय शिक्षा दिवसका आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसरमा विद्यालय स्तरमा विविध कार्यक्रमहरु भएका छन। यसैक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयले पनि कार्यक्रम गरेको छ ।

विद्यालयले कक्षा १–५ का विद्यार्थीका विचमा पठनसिप प्रतियोगिता कक्षा ६–८ का विचमा श्रृतीलेखन र ९–१२ का विचमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसअनुसार पठनसिप तर्फ आरती वली प्रथम, सृजना खड्का द्धितीय र सुप्रिया विक तृतीय भएका थिए । यस्तै श्रृतीलेखनमा लक्ष्मण चन्द प्रथम,प्रतिक्षा चौधरी, सम्झना चौधरी द्धितीय र कन्चन चौधरी तृतीय भएका थिए । त्यसैगरी साक्षर नेपाली,समृद्ध नेपाल शिर्षकमा भएको बक्तृत्वकला प्रतियोगितामा डोटीराम परियार प्रथम,रमेश जैसी द्धितीय र निकिता विक तृतीय भएका थिए ।

यसैविच कार्यक्रममा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका निमिक्त प्रधानाध्यापक यज्ञ बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक देब बहादुर वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया