आज र भोलि कक्षा १२ को स्तरवृद्धि परीक्षा
तुलसीपुर । आज र भोलि कक्षा १२ को स्तर वृद्धि (पुरक) परीक्षा भइरहेको छ । देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो।
बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।


तपाईंको प्रतिक्रिया