सरकारले कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने

 जेठ ०५, २०८०

तुलसीपुर । सरकारले सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीको सेवा सुविधाको विषयलाई सम्बोधन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषयलाई सम्बोधन गरिनेछ,’राष्ट्रपति पौडेलले भने । यस्तै शिक्षा क्षेत्रमा सूचना प्रविधि प्रयोगलाई विस्तार गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षालाई सबैको पहुँच स्थापित गर्ने, विद्यालयमा बालबालिकालाई सिकाउने र टिकाउने, विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, विद्यालयको पाठ्यक्रम पुनरावलोकन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

न्यून सेवा सुविधा रहेको भन्दै विद्यालय कर्मचारी परिषद्ले आन्दोलन गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया