लागुऔषधको दुर्व्यसन विरुद्ध सचेतना जगाउदै रामपुर प्रहरी

 जेठ २४, २०८२

पाल्पा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पाल्पा रामपुर नगरपालिका वडा नम्बर ५ मा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न् भएको छ । लागु औषध दुर्व्यसन र सुर्ती सेवन बिरुद्ध प्लेकार्ड सहित बजार परिक्रमा गरी बेझाड चोकमा आई कार्यक्रम सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरको आयोजनामा भएको कार्यक्रममा पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय,श्वास्थ्य कार्यालय पाल्पा लगायत विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

कोण सभामा बोल्दै प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले सुरक्षित समाज निर्माण प्रहरीको मात्रै दायित्व नभएर सबैको सहकार्य र सहभागिता हुनुपर्ने बताएका थिए ।कार्यक्रममा मुख्य वक्ताका रुपमा रहेका प्रहरी निरीक्षक राम बहादुर नेपालीले लागूपदार्थ दुरुपयोग लगायतका विषयमा कानुनी जानकारी गराएका थिए । उनले लागुपदार्थ सेवनले समाजमा हत्या,हिंसा तथा कानुन विपरीतका कामहरु हुने हुदा सभ्य समाज निर्माणमा यसले असर गर्ने बताएका थिए ।

उनले लागूपदार्थ सम्बन्धी (नियन्त्रण) ऐन, २०३३ को व्यवस्था उल्लेख गर्दै लागू पदार्थको ओसारपसार, सेवन वा व्यापारमा संलग्न हुनेहरूलाई पाँच वर्षदेखि आजीवनसम्मको कैद सजाय हुन सक्ने बताएका थिए । समाजलाई सुरक्षाको अनुभूति गराउन समुदायको सहयोग र सूचनाको आदानप्रदान अनिवार्य रहने प्रहरी निरीक्षक नेपालीले बताएका थिए । कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गरेका थिए ।

तपाईंको प्रतिक्रिया