सडकमा सेना परिचालन, तुलसीपुर बजार पूर्णरुपमा बन्द

 भदौ २५, २०८२

तुलसीपुर । दाङको तुलसीपुरमा बिहानै देखि नेपाली सेना परिचालन गरिएको छ । हिजो साँझ ६ बजेदेखि लागु हुने गरि दाङमा गरिएको कर्फ्युका कारण नेपाली सेनालाई परिचानल गरिएको हो । तुलसीपुर बजार अहिले पूर्ण रुपमा बन्द छ । तुलसीपुर भित्रीने चार नाकामा बसेको नेपाली सेनाले बजार प्रवेशमा नागरिकलाई रोक लगाएको छ । नेपाली सेनाले कर्फ्यु अवधिभर कुनै पनि नागरिकलाई बाहिर ननिस्कीन आग्रह गर्दै गाडीमा माइकीङ गर्दै हिडीरहेको छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरी भने सडकमा देखिएको छैन । त्यसैगरी यातायातका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । अस्पतालहरु भने खुल्ला गरिएकोछ । जिल्ला सुरक्षा समितिले हिजो वेलुका ६ः०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम दाङमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु अवधिभर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

सुरक्षा समितिका अनुसार राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङमा क्षेत्रमा गोपीनाला, पूर्वमा भालुवाङ पुल तोकिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, दक्षिणमा प्रहरी वोर्डिङ स्कूल देखि गोरखा वोर्डिङ स्कूल नजीकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूल देखि सेवार खोला पुलसम्म तोकिएको छ ।

त्यसैगरी तुलसीपुरमा पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्ट, लमहीमा पूर्वमा– अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म तोकिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया